महाधिवेशन प्रतिनिधिमा कांग्रेस नेता खतिवडाको कति आयो मत ? जिते की हारे ?
ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडा सबैभन्दा धेरै मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
बिहीबार सार्वजनिक भएको अन्तिम नतिजाअनुसार खतिवडाले ९४१ मत पाएका छन् । पार्टीका शुभेच्छुक, नेता कार्यकर्ता र प्रतिनिधिहरूले सम्झिएर मतदान गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।
महाधिवेशन प्रतिनिधिमा खतिवडाका साथै रुद्र अधिकारी ७७४, अशोककुमार कार्की ७४२, प्रदीपकुमार सुनुवार ७३९, कुमार लुइँटेल ७३७, खिलानाथ दाहाल ७१५, लिलाबल्लभ दाहाल ६५१, बेदबहादुर रोक्का ६१९, दानबहादुर बानियाँ ५८० र प्रकाश दाहालले ५४९ मतसहित निर्वाचित भएका छन् ।
खुलामा निर्वाचित भएका महाधिवेशन प्रतिनिधिमा कुमार लुइँटेल र लिलाबल्लभ दाहाल बाहेक सबै देउवा समूहका हुन् ।
ओखलढुंगा कांग्रेसमा सभापति शेरबहादुर देउवा निकटका तेजेन्द्र खनाल सभापतिमा निर्वाचित भएका छन् । ओलखढुंगामा वडा, पालिका, प्रदेश र जिल्ला कार्यसमिति तथा महाधिवेशन प्रतिनिधिमा एकलौटी कब्जा जमाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया