महर्जनद्वारा ललितपुर कांग्रेसमा प्यानलसहित सभापतिमा उम्मेदवारी घोषणा, उदयसहितका नेताको साथ

जावलाखेल । नेपाली कांग्रेस ललितपुरको सभापतिमा युवा नेता मीनकृष्ण महर्जनले उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीबार ललितपुरको सातदोबाटोमा आयोजित विशेष कार्यक्रममा महर्जनले सभापतिमा उम्मेदवार घोषणा गरेका हुन् । खचाखच भरिएको हलमा महर्जनसहितका पदाधिकारी र सदस्यहरूका उम्मेदवारले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । उनले सभापति शेरबहादुर देउवा समूहबाट सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

कांग्रेसको खेलकुद विभागका सचिव समेत रहेका महर्जन तेक्वान्दोका खेलका अन्तर्राष्ट्रिय गोल्ड मेडलिस्ट पनि हुन् । कांग्रेसले महर्जनलाई प्रदेश सभाको निर्वाचनमा ललितपुरबाट प्रत्यक्षमा टिकट समेत दिएको थियो ।

युवाहरूका बीच लोकप्रिय महर्जन कांग्रेसका कार्यकर्ताको सुःखदुःखका साथी हुन् । अपातविपत् महर्जनले समस्यामा परेका जनताको सेवा गर्दै आएका छन् । कांग्रेसका नेता कार्यकर्ता संरक्षण गर्ने उनको सबैभन्दा ठूलो गुण पनि हो ।

सभापतिका उम्मेदवार महर्जनलाई युवा नेता एवम् पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर जबरा, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, पूर्वमन्त्री ओमकार श्रेष्ठसहितका नेताहरूको साथ रहेको छ । युवा नेता राणाले महर्जनलाई मतदान गरेर विजयी बनाउन कार्यक्रममा अनुरोध गरेका छन् ।

सभापतिका उम्मेदवार महर्जनले कांग्रेका हजारौँ युवाहरूको भविष्यका लागि आफूलाई मतदान गरेर विजयी बनाउन अपील गरेका छन् ।

उनले सभापतिमा जिताएर कांग्रेसका कार्यकर्ताको सेवा गर्ने मौका दिन आग्रह गरेका छन् ।

महर्जनको प्यानलमा उप–सभापतिमा कर्म व्यञ्जनकार र सुदर्शन घिमिरे रहेका छन् ।

सचिवमा वशिष्ठ अधिकार र राजनप्रसाद घिमिरे तथा सह–सचिवमा ऋषिदेव फुँयाल र नवीन्द्रदेव सिंह रहेका छन् ।

सदस्यहरूमा सीता घिमिरे, माधव दुलाल, सुनिता घिमिरे ‘बन्दना’, चुडाप्रसाद तिमिल्सिना, मनमाया श्रेष्ठ, अमर मोक्तान, सिर्जना थापा, रमेश तामाङ, रोनी, विमला घिमिरे, हरिहर कार्की, पुष्कर महत, सुजाता पराजुली, स्वर्ण शाह, तिलमान खड्का महर्जनको प्यानलमा उम्मेदवार बनेका छन् ।

प्रताज शाक्य, सन्तोषराज केसी, सानुकाजी महर्जन, गणेश महत, उद्धव दाहाल, इन्द्रबहादुर घलान, मित्र सेन राइ,जितेन्द महत, शत्रुघन श्रेष्ठ, सुजिता लामा, मीना महर्जन, रेणु दुलाल, सानुभाइ पहरी, चञ्चला सुनारले पनि महर्जनको प्यानलबाट सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

Published : Thursday, 2021 November 25, 5:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया