दाङ क्षेत्र नं. ३ मा कांग्रेसको मतगणना जारी, सभापतिमा जगतले जित्ने पक्का
तुलसीपुर । नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ मा क्षेत्रीय सभापतिका उम्मेदवार जगत खड्का करीव एक सय मतसहित अगाडि छन् ।
बुधबार पनि मतगणना जारी रहेको छ । अब थोरै मत गणना गर्न बाँकी रहेको दाङ कांग्रेसका सचिव शंकर डाँगीले जानकारी दिए ।
सभापतिमा तीन जनाले प्रतिस्पर्धा गरेका थिए । जगत खड्कालाई केन्द्रीय सदस्य दीपक गिरीको समर्थन छ ।
सुरेन्द्र खड्कालाई पूर्वसभापति गेहेन्द्र गिरीको समर्थन रहेको छ । सभापतिका अर्का उम्मेदवार किरण शाह पनि प्रतिस्पर्धामा छन् ।
Published : Wednesday, 2021 November 24, 10:33 am
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया