नेपाल र भारतबीच कोभिड खोप प्रमाणपत्र मान्यता दिने सहमति

काठमाडौं । कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि भारत सरकार स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालय र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित समारोहमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

पूर्ण रुपमा कोभिड–१९ खोप लगाइसकेका दुवै राष्ट्रका यात्रुहरूको यात्रा सहज बनाउन यो समझदारी पत्र एक महत्वपूर्ण कदम हुने विज्ञप्तिमा उल्लेख छ ।

भारत र नेपालबीचको कोभिड–१९ सम्बन्धी बलियो सहकार्य र समन्वयमा अर्को कोशेढुङ्गा साबित हुनेछ ।

Published : Tuesday, 2021 November 23, 10:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया