कांग्रेसका बहालवाला सांसदसहित नाम चलेका शक्तिशालीहरू पनि पराजित

पुतलीबजार । स्याङ्जामा जिल्ला नेपाली कांग्रेसको अधिवेशनमा प्रतिनिधि सभाका सांसद नै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

सांसद मोहनप्रसाद पाण्डे महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । पाण्डे नेता रामचन्द्र पौडेल समूहबाट खुलतर्फ प्रतिस्पर्धा गरेका थिए ।

त्यसैगरी, स्याङ्जा कांग्रेसका पूर्वसभापति खगेन्द्र रेग्मी पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

वालिङ नगरपालिकाका पूर्व मेयर भोजराज अर्याल पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

स्याङ्जा कांग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना ‘कुमार’ महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

रानाले जिल्ला सभापतिका लागि दाबी गरिरहेका थिए । स्याङ्जा क्षेत्र नं. १ बाट उम्मेदवार बनेका राना १२औं स्थानमा परेका थिए । उनी सभापति शेरबहादुर देउवा निकटका हुन् ।

Published : Tuesday, 2021 November 23, 10:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया