त्यागी, स्वार्थ नभएका नेता रामचन्द्रले छोरीलाई पनि बनाए प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल पोखरेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छिन् ।

संज्ञा नेता पौडेलकी माइली छोरी हुन् । कास्की जिल्लाको क्षेत्र नं. १ बाट ३९५ मतसहित संज्ञा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छिन् ।

उनले महिलातर्फ उम्मेदवारी दिएकी थिइन् ।नेता पौडेलले आफूलाई त्यागी र स्वार्थ नभएको भनेर प्रचार गर्दै आएका छन् । नेता पौडेलकै दवाव र निर्देशनमा कास्कीमा उनकी छोरीलाई महाधिवेशन प्रतिनिधिमा जिताएको चर्चा छ ।

संज्ञाका श्रीमान् परमेश्वर पोखरेल जापानमा काम गरेर कमाइ गरेर स्वदेश फर्किएका हुन् ।

१३औं महाधिवेशनमा पोखरेल कास्कीबाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए । पौडेलका ज्वाइँ पोखरेलले यसपटक उम्मेदवार बनेनन् ।

नेता पौडेलका ४ छोरी र १ जना छोरा छन् । छोरा चिन्तन पौडेल यसअघि २ पटक महाधिवेशन प्रतिनिधि बनिसकेका छन् ।

यसपटक चिन्तन पार्टीको आन्तरिक चुनावमा उठेका छैनन् । चिन्तनले एनजिओ चलाएर धेरै पैसा कमाइ गरेको चर्चा छ ।

Published : Tuesday, 2021 November 23, 9:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया