कांग्रेसका युवा नेता सापकोटा पनि गुल्मीबाट निर्वाचित

तम्घास । नेपाली कांग्रेसका युवा नेता कृष्णप्रसाद सापकोटा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

गुल्मी क्षेत्र नं. २ को अधिवेशनबाट सापकोटा १४औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । सापकोटाले खस आर्यबाट उम्मेदवारी दिएका थिए । सापकोटा सभापति शेरबहादुर देउवा निकटका मानिन्छन् ।

सापकोटा नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागका केन्द्रीय सदस्य समेत हुन् ।

सापकोटाले आफूलाई मतदान गर्ने सबै क्षेत्रीय प्रतिनिधि र जिताउन भूमिका खेल्ने सबै नेता कार्यकर्तालाई धन्यावाद दिएका छन् ।

महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेमा गुल्मी कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठ पनि छन् ।

खिलध्वज पन्थी, भुवनप्रसाद श्रेष्ठ, डा. दामोदर भुसाल, भगतसिंह खड्का, छन्दबहादुर पहराई, प्रेमनारायण भण्डारी, चन्द्रबहादुर केसी, महेन्द्रप्रसाद भण्डारी, त्रैलोक्यप्रताप सेन, ज्ञानहरि सापकोटा, विष्णुकुमारी सापकोटा, कल्पना घिमिरे, अमृतादेवी कुँवर, सुशीला भुसाल, रोमबहादुर विश्वकर्मा, गोपाल थापा मगर पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

हिमकला राना, सिए.पदम भट्टराई, काशीबहादुर बोहोरा, कृष्णप्रसाद सापकोटा, अधिवक्ता पार्वती कुँवर, अनीषा अर्याल, हेमन्ता अर्याल, कौरबबहादुर खत्री पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

Published : Tuesday, 2021 November 23, 2:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया