महराको सभामुख र बास्कोटाको मन्त्री पद खाइदिएका सिवाकोटी कांग्रेसको केन्द्रीय सदस्यमा उठ्ने
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता अजयबाबु सिवाकोटीले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।
हाम्राकुरा डटकमका सम्पादक समेत रहेका सिवाकोटीले काठमाडौंमा मंगलबार अपरान्ह पत्रकार सम्मेलन गरेर कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्ने जनाएका छन् ।
दोलखा जिल्लाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका सिवाकोटीले कांग्रेसको राजनीतिमा होमिएको बताएका छन् ।
तत्कालीन सभामुख कृष्णबहादुर महराको यौनकाण्ड, तत्कालीन सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाको ७० करोड काण्डको पर्दाफास गरेका सिवाकोटीले कांग्रेसमा आफूलाई समर्पित गर्ने जनाएका छन् ।
सिवाकोटीकै कारण महराले सभामुख र बास्कोटाले मन्त्री पद गुमाएका थिए ।
Published : Tuesday, 2021 November 23, 12:34 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया