महराको सभामुख र बास्कोटाको मन्त्री पद खाइदिएका सिवाकोटी कांग्रेसको केन्द्रीय सदस्यमा उठ्ने

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता अजयबाबु सिवाकोटीले १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् ।

हाम्राकुरा डटकमका सम्पादक समेत रहेका सिवाकोटीले काठमाडौंमा मंगलबार अपरान्ह पत्रकार सम्मेलन गरेर कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्ने जनाएका छन् ।

दोलखा जिल्लाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका सिवाकोटीले कांग्रेसको राजनीतिमा होमिएको बताएका छन् ।

तत्कालीन सभामुख कृष्णबहादुर महराको यौनकाण्ड, तत्कालीन सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाको ७० करोड काण्डको पर्दाफास गरेका सिवाकोटीले कांग्रेसमा आफूलाई समर्पित गर्ने जनाएका छन् ।

सिवाकोटीकै कारण महराले सभामुख र बास्कोटाले मन्त्री पद गुमाएका थिए ।

Published : Tuesday, 2021 November 23, 12:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया