शम्भु थापा विदेशी टट्टु हो, बाँसको घारोले हान्नुपर्छ : मण्डल

काठमाडौं । एमालेका नेता सत्यनारायण मण्डलले शम्भु थापा जस्ता वकिलका कारण न्यायालय र देश बिग्रिएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान अन्तर्वार्ताका क्रममा मण्डलले अधिवक्ता थापालाई काठमाडौंको टुँडीखेलमा राखेर बाँसको घाराले हान्नुपर्ने बताए ।

‘शम्भु थापालाई टुँडीखेलमा ल्याएर बाँसको घारोलाई पोलेर कुट्ने हो । यस्तै लम्पटहरूले गर्दा देश बिग्रिएको छ’, उनले भने, ‘शम्भु थापा विदेशी दलाल हुन् । शम्भु थापा त्यो बड्ता हुन्छ । यस्ता लम्पटहरू देश लुट्ने, विदेशका एजेन्ट बन्ने । घुस खाने, घुस खुवाउने । यी बेकुवहरू । फटाहाहरू हुन् ।’

उनले भने, ‘कम्युनिस्ट आन्दोलन कसरी अगाडि बढ्यो त्यो शम्भेहरूलाई के थाहा ? मातेका छन् यिनीहरू ।’

‘यिनीहरूमा विदेशीका हुण्डी खाएकाहरू हुन् । यो मुलुक शम्भु थापा र भीम रावलको मात्रै हो ? त्यो शम्भु थापा एमालेको होइन । कसैको टट्टु हो’, एमालेका नेता मण्डलले भनेका छन् ।

Published : Tuesday, 2021 November 23, 10:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया