भोजपुर कांग्रेसमा विनोद वान्तवा सर्वसम्मत

भोजपुर । भोजपुर जिल्लामा नेपाली कांग्रेसका सभापतिमा विनोद वान्तवा सर्वसम्मत भएका छन् ।

सोमबार भएको अधिवेशन र निर्वाचन प्रक्रियामा सभापतिका तीन जना उम्मेदवारले ५१ प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान गर्ने तयारी भएको थियो ।

वान्तवाले जित्ने पक्का भएपछि उनलाई नै सबैले समर्थन गरेका छन् । सभापतिमा सर्वसम्मत भएका वान्तवा रामचन्द्र पौडेल–शशांक कोइराला निकटका हुन् ।

सोमबार बिहान भएको सम्वादपछि वान्तवालाई सभापतिमा सबैले समर्थन गरेको नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष एवम् कांग्रेसका युवा नेता उत्तम चापागाइँले जानकारी दिए ।

‘विनोद वान्तवालाई सभापति बनाउन सबैको सहमति भएको छ’, उनले भने, ‘यो वा त्यो टिमको भन्दा पनि विनोद वान्तवा हामी सबैको सभापति हो । सबैलाई मिलाउने दायित्व उहाँको हो ।’

सभापतिमा नन्दमणि राई, विनोद वान्तवा र बालकृष्ण थापाले प्रतिस्पर्धा गरेका थिए । वान्तवाले ४१५, राई ३९५ र थापाले ३६० मत पाएका छन् ।

प्रदेशतर्फ क्षेत्र नं. ‘क’को सभापति सरोज बस्नेत र ‘ख’मा मदन खुलाल सभापतिमा निर्वाचित भएका छन् ।

Published : Tuesday, 2021 November 23, 10:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया