ललितपुर– १ को कांग्रेस सभापतिमा देउवा निकटका थिङ निर्वाचित

चापागाउँ । नेपाली कांग्रेस ललितपुरको निर्वाचन क्षेत्र नं. १ को सभापतिमा सुन्दरमान थिङ निर्वाचित भएका छन् ।

सोमबार भएको अधिवेशनमा थिङ ३५२ मतसहित सभापतिमा निर्वाचित भएका हुन् । थिङसँग प्रतिद्वन्द्वी रामकृष्ण लामा ‘इन्द्र’ २४६ मतसहित पराजित भएका छन् ।

सचिवमा मथुराप्रसाद शर्मा र शेखर न्यौपाने विजयी भएका छन् । शर्माले ४१७ मत र न्यौपानेले ३९० मत पाएका थिए ।

सचिवमा राजकुमार चौलागाइँ १९९ र कृष्णकुमार थापा १५९ मतसहित पराजित भएका छन् ।

सह–सचिवमा विजयकुमार लोले ३९७ मत र मनोहर सिलवालले ३७७ प्राप्त गरी विजयी भएका छन् ।

सह–सचिवमा प्रकाश तिमिल्सिना १९६ मत र बद्रीप्रसाद ढोडारीले १८८ मतसहित पराजय भोग्नुपरेको छ ।

सभापतिमा विजयी भएका थिङलाई सभापति शेरबहादुर देउवा निकटका युवा नेता उदयशम्शेर राणा, मीनकृष्ण महर्जनसहितका नेताहरूको समर्थन थियो ।

Published : Tuesday, 2021 November 23, 7:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया