स्व.खुमबहादुरका छोरा अनुरागद्वारा कांग्रेसमा उम्मेदवारी घोषणा

लमही । नेपाली कांग्रेसका युवा नेता अनुराग खड्काले पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार घोषणा गरेका छन् ।

दाङको क्षेत्र नं. १ मा मंगलबार क्षेत्रीय अधिवेशन हुँदैछ । अधिवेशनमा युवा नेता खड्काले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने जनाएका छन् ।

युवा नेता खड्का नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री स्व.खुमबहादुर खड्काका छोरा हुन् ।

बुबाको निधनपछि युवा नेता खड्काले कांग्रेसको सक्रिय राजनीति गर्दै आएका छन् । कांग्रेसको विभागको सदस्य समेत बनेका खड्काले आफूलाई अब पूर्णरुपमा पार्टीमा समर्पण गरेका छन् ।

दाङ कांग्रेसको अधिवेशनमा सहभागी हुन् युवा नेता खड्काकी आमा शिला गौतम खड्का पनि देउखुरी आएकी छिन् । शिला कांग्रेसको केन्द्रीय सदस्य छिन् ।

स्व.खुमबहादुर खड्काका छोरालाई सर्वसम्मत महाधिवेशन प्रतिनिधि दिएको भए पनि केही बिग्रिने थिएन । तर, देउखुरी कांग्रेसका केही नेताहरूको महत्वकांक्षाले त्यो सम्भव भएन । केन्द्रीय सदस्य योगेन्द्र चौधरीले अनुरागलाई सर्वसम्मत महाधिवेशन प्रतिनिधि बनाउन प्रस्ताव राखेका थिए । तर, अरु नेताहरूले मानेन् ।

Published : Monday, 2021 November 22, 8:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया