भोजपुर कांग्रेसको सभापतिमा तीन नेताबीच प्रतिस्पर्धा

भोजपुर । भोजपुरमा नेपाली कांग्रेसको जिल्ला सभापतिमा तीन जनाले प्रतिस्पर्धा गरेका छन् ।

सोमबार भइरहेको अधिवेशनमा सभापतिमा नन्दमणि राई, विनोद वान्तवा र बालकृष्ण थापाबीच प्रतिस्पर्धा भएको छ ।

राई वर्तमान सभापति समेत हुन् । राईलाई कृष्णप्रसाद सिटौला समूहको पनि समर्थन छ । उनी संस्थापन पक्षका हुन् ।

रामचन्द्र पौडेल समूहबाट पूर्वसभापति बालकृष्ण थापाले उम्मेदवारी दिएका छन् ।

Published : Monday, 2021 November 22, 6:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया