ओखलढुंगा कांग्रेसमा खनाल समूहलाई जिताउन सदस्यका उम्मेदवार हुकुम राईको अनुरोध

ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाको जिल्ला अधिवेशनमा तेजन खनाल ‘तेजेन्द्र’को प्यानललाई जिताउन सदस्यका उम्मेदवार हुकम राईले अनुरोध गरेका छन् ।

ओखलढुंगा जिल्लाको अधिवेशन मंगलबार हुँदैछ । सभापति शेरबहादुर देउवाको समूहबाट खनालले उम्मेदवारी दिएका छन् । खनाललाई पूर्वसांसद रामहरि खतिवडा, जिल्ला सभापति प्रदीप सुनुवारसहितका नेताहरूको समर्थन छ ।

जनजातीतर्फबाट जिल्ला सदस्यमा उम्मेदवारी दिएका हुकुम राईले तेजेन्द्र खनाल समूहका सबै उम्मेदवारलाई मतदान गर्न अनुरोध गरेका छन् । उनले जिल्लाको विकास, बलियो कांग्रेस तेजेन्द्र खनाल समूहले जित्नुपर्ने बताएका छन् ।

Published : Monday, 2021 November 22, 1:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया