एमालेमा हैसियत नभएका भीम रावल आफै नाङ्गिए, भृकुटीमण्डपमा चुरीफुरी समाप्त

काठमाडौं । एमालेका नेता भीमबहादुर रावलले आफूलाई अध्यक्ष पदको उम्मेदवार घोषणा गरेर नयाँ तरंग ल्याएका छन् ।

मिडिया र सामाजिक सञ्जालमा रमाउन चाहने रावलले आइतबार एक्लै पत्रकार सम्मेलन गरेर अध्यक्ष पदको उम्मेदावर भएको जनाएका छन् ।

पत्रकार सम्मेलन पनि रिपोर्टर्स क्लव नेपालको कार्यकक्ष भृकुटीमण्डपमा गरेका छन् । रिपोर्टर्स क्लवभन्दा अन्यत्र रावलले देखेका छैनन् ।

अरु ठाउँमा पत्रकार सम्मेलन गर्दा नेता कार्यकर्ता चाहिने र खर्च पनि हुने भएपछि रावलले रिपोर्टर्स क्लव नेपालमा कार्यक्रम राखेको चर्चा छ । आइतबारदेखि रावलको चुरीफरी भृकुटीमण्डपमा अन्त्य भएको टिप्पणी शुरु भएको छ ।

रावलले अध्यक्षमा उम्मेदवार घोषणा गर्दा उनीसँग एक जना पनि समर्थक देखिएनन् । उनी जस्तो नेताले अध्यक्ष पदमा उम्मेदवारी दिँदा तामझामका साथ नेता कार्यकर्तालाई उपस्थित बनाएर गर्नुपर्ने थियो । रावललाई एमालेका नेता कार्यकर्ताले साथ छाडेको संकेत दिएका छन् ।

एमालेभित्र असन्तुष्ट समूहको नेतृत्व गरिरहेका रावललाई आफ्नै नेता कार्यकर्ताले विश्वास गरेका छैनन् । माधवकुमार नेपाललाई उचालेर अर्को पार्टी बनाउने अवस्थासम्म पुर्‍याएका रावलमाथि नेता कार्यकर्ताको विश्वास छैन । अन्तिम समयमा रावलले व्यक्तिगत स्वार्थका लागि सबैलाई छाडेर आफ्नो बाटो हिँड्छन् भनेर नेता कार्यकर्ता रावलको पछाडि लाग्न छाडेको चर्चा छ ।

एमालेका नेता केशव बडालले अध्यक्षमा केपी ओली नै निर्वाचित हुने दाबी गरेका छन् । ओलीको पक्षमा ९० प्रतिशत भोट आउने बडाको भनाइ छ । इज्जत बचाउनका लागि पनि रावलले अध्यक्ष पदमा उम्मेदवारी नदिँदा नै राम्रो हुने सुझाव दिएका छन् ।

‘भीम रावलजीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको मैले पनि सुने’, बडालले भने, ‘केपी ओलीको बिकल्प छैन । भीम रावलजीले १० प्रतिशतसम्म भोट पाउनु हुन्छ होला । नउठ्दा नै राम्रो हो ।’

रावलले पार्टी कार्यालयबाट उम्मेदवारी घोषणा गर्न पाइन भनेर दिएको अभिव्यक्तिको बडालले आलोचना गरेका छन् । ‘महाधिवेशनको काम चलिरहेको छ । पार्टी कार्यालय खालि छैन’, उनले भने, ‘उम्मेदवारी घोषणा गर्न हल पाइन भन्नु उचित कुरा होइन ।’

रावलले महासचिव ईश्वर पोखरेलले आफूलाई अध्यक्षमा उम्मेदवारी घोषणा गर्न हल खाली छैन भनेर नदिएको आरोप लगाएका छन् ।

Published : Monday, 2021 November 22, 10:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया