ओलीले रात्रि भोजमा लाखौँ रुपियाँ उडाउने

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले चितवनको सौराहस्थित पाँचतारे होटेल रात्रिभोज दिएर महाधिवेशन प्रतिनिधिहरूलाई स्वागत गर्ने भएका छन् ।

रात्रि भोजमा ओलीले लाखौँ रुपियाँ खर्च गर्ने तयारी गरेका छन् । गरिव जनताको पार्टी भनेर प्रचार हुँदै आएको एमालेका अध्यक्ष ओलीले लाखौँ रुपियाँ खर्च गरेर भोजभतेर गर्न लागेका हुन् ।

ओलीले मंसिर ११ गते राति सौराहाको तारे होटेलमा रात्रिभोज दिने कार्यक्रम तय भएको महाधिवेशन प्रचारप्रसार समितिका संयोजक तथा वाग्मती प्रदेशका पूर्वमन्त्री विजय सुवेदीले जानकारी दिएका छन् ।

महाधिवेशन प्रतिनिधिहरूलाई बेलुकाको खाना उनीहरू बस्ने होटेलमा नै र बिहानको खाना बन्दसत्रस्थल हुने होटेल सेभन स्टार सौरहामा व्यवस्था गरिएको छ ।

Published : Sunday, 2021 November 21, 8:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया