गृहमन्त्री खाणद्वारा घाइते कांग्रेस नेता पन्तसँग भेट

भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीमा भएको घटनाका घाइते नेपाली कांग्रेसका नेता शैलेन्द्र पन्तलाई भेटेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

कांग्रेसका नेता समेत रहेका गृहमन्त्री खाणले आइतबार अस्पतालमा पुगेर भेट गरेको रुपन्देही कांग्रेसले जनाएको छ ।

खाणले घाइते पन्तको स्वास्थ अवस्थाको जानकारी लिएर शीघ्रस्वास्थ्य लाभको कामना गरेका छन् । घाइते पन्तको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

भैरहवामा शुक्रबार राति झडप हुँदा पन्त घाइते भएका थिए । अधिवेशन बिथोल्ने प्रयास भएको थियो ।

Published : Sunday, 2021 November 21, 8:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया