कांग्रेसको सभापतिमा मैया श्रेष्ठको शानदार जित, लामालाई तनाब

फिदिम । नेपाली कांग्रेसको पाँचथर प्रदेश सभाको क्षेत्र नं. ‘ख’ को क्षेत्रीय सभापतिमा मैया श्रेष्ठ विजयी भएकी छिन् ।

श्रेष्ठले नगेन लामालाई पराजित गरेकी छिन् । प्रदेश सभाको सभापतिमा निर्वाचित भएर श्रेष्ठले इतिहाँस रचेकी छिन् ।

प्रदेशको उप–सभापतिमा जितेन्द्र भण्डारी र तेजबहादुर चेम्जोङ निर्वाचित भएका छन् ।

सह–सचिवमा ज्योतिप्रभा भण्डारी र नरेन्द्र शेर्मा विजयी भएका छन् ।

पाँचथरको प्रदेश ‘क’को सभापति पदमा भगिश्वर योङहाङ विजयी भइसकेका छन् ।

Published : Sunday, 2021 November 21, 1:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया