भक्तपुर– १ को सभापतिमा खत्रीद्वारा उम्मेदवारी घोषणा

भक्तपुर । नेपाली कांग्रेसका नेता जीवन खत्रीले भक्तपुर जिल्लाको क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

सभापति शेरबहादुर देउवा समूहबाट खत्रीले क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । उनलाई सभापति दुर्लभ थापाको समर्थन छ ।

यसअघि पनि भक्तपुरमा क्षेत्रीय सभापति रहेका खत्रीले अर्को एक कार्यकाल दोहोर्‍याउन चाहेका छन् ।

सभापतिमा आफूलाई मतदान गरेर विजयी बनाउन खत्रीले अपील पनि गरेका छन् ।

Published : Sunday, 2021 November 21, 12:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया