भक्तपुर कांग्रेसमा देउवा-पौडेललाई दुई/दुई सभापति

भक्तपुर । भक्तपुरमा नेपाली कांग्रेसको प्रदेश सभाको अधिवेशनमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल समूहले दुई/दुई वटा सभापतिमा जित हासिल गरेका छन् ।

भक्तपुर क्षेत्र नं. १ ‘क’को सभापतिमा जयन्द्र खड्का निर्वाचित भएका छन् । खड्का देउवा निकट मानिन्छन् ।

‘ख’को सभापतिमा शिव अवल निर्वाचित भएका छन् । अवल पौडेल समूह निकटका हुन् ।

भक्तपुरको क्षेत्र नं. २ ‘क’को सभापतिमा प्रदीप कार्की निर्वाचित भएका छन् । कार्की देउवा निकटका हुन् ।

‘ख’को सभापतिमा पौडेल समूहका ओमप्रकाश श्रेष्ठ निर्वाचित भएका छन् ।

Published : Sunday, 2021 November 21, 12:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया