जुनियनर नेता शेखरले उट्पट्याङ प्रस्ताव राखेपछि प्रकाशमानले झापरे

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेता प्रकाशमान सिंहलाई सभापतिमा समर्थन गरे प्रधानमन्त्री बनाउन आश्वासन दिएका छन् ।

शुक्रबार नेता सिंहलाई भेटेर कोइरालाले प्रधानमन्त्रीको प्रस्ताव गरेका हुन् । स्रोतका अनुसार कोइरालाले नेता सिंहलाई प्रधानमन्त्री बनाउन आफू तयार रहेको र त्यसका लागि सभापतिमा समर्थन गर्नुपर्ने माग राखेका थिए ।

नेता कोइरालाको प्रस्ताव सुनेपछि नेता सिंहले सिधै अस्वीकार गरिदिएका थिए । बरु आफूलाई सभापतिमा समर्थन गरेमा नेता कोइरालालाई प्रधानमन्त्री बनाउन सकिने जवाफ दिएको स्रोतले जनाएको छ ।

सिंह कांग्रेसको राजनीतिमा शेखरभन्दा धेरै सिनियर नेता हुन् । शेखरले सिंहलाई होच्याउने गरेर प्रस्ताव राखेपछि कुरा नमिलेको हो ।

आफ्नै कोइराला परिवारभित्रबाट असहयोग भएपछि शेखर कोइराला तनाबमा छन् । कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले आफू अनुकूल समाचारहरू मिडिया ट्रायल गरेपछि झन् समस्यामा परेका छन् ।

शेखर कोइरालाविरुद्ध पछिल्लो समय मिडियाहरू पनि लागेका छन् । शशांक कोइराला र सुजाता कोइरालालाई फकाएर सभापति बन्ने दाउमा लागेका शेखरलाई झन् समस्याहरू थपिएका छन् ।

Published : Saturday, 2021 November 20, 8:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया