सिन्धुपाल्चोकमा एमालेका लोकप्रिय नेता कांग्रेसमा प्रवेश
चौतारा । सिन्धुपाल्चोक जिल्लामा एमालेबाट वडाध्यक्षका प्रत्याशी एवम् स्थानीय लोकप्रिय डम्बरबहादुर तामाङले पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
सिन्धुपाल्चोक क्षेत्र नं. २ को ज्यामिरेमाने, सिपापोखरेमा शुक्रबार आयोजित कार्यक्रममा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले तामाङलाई कांग्रेसमा स्वागत गरेका हुन् । एमालेका नेता तामाङसहित झण्डै १ सय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
तामाङ चौतारा साँगाचोक गढी नगरपालिका– ७ बाट स्थानीय निर्वाचनमा एमालेबाट वडाध्यक्षको प्रत्यासी बनेका थिए ।
दुईतिहाइको बहुमत पाउँदा पनि कम्युनिस्टहरूले शासन सत्ता चलाउन नसकेर कांग्रेसलाई शासन चलाउ भनेर दिएका बेला एमाले र माओवादी केन्द्रका नेता कार्यकर्ता धमाधम कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेसका नेता एवम् पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोक जिल्लामा धमाधम कम्युनिस्टका नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराउँदै आएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया