भोजपुर ‘क’को सभापतिमा तरुण अध्यक्ष बस्नेतको उम्मेदवारी

भोजपुर । नेपाली कांग्रेस भोजपुरको प्रदेश निर्वाचन क्षेत्रमा युवा नेता सरोज बस्नेतले सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाल तरुण दल भोजपुरका जिल्ला अध्यक्ष समेत रहेका बस्नेतले प्रदेश निर्वाचन क्षेत्र नं. ‘क’को सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

बस्नेतलाई नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँको समर्थन रहेको छ ।

बस्नेत नेपाली कांग्रेस ट्याम्के मयुङ गाउँपालिकाका सभापति पनि हुन् ।

२०५६ सालदेखि नेविसंघको राजनीतिमा लागेका युवा नेता बस्नेत चण्डेश्वरी निमाविको सभापति समेत बनेका थिए ।

नेता बस्नेत विभिन्न आन्दोलनहरूमा सक्रिय रहेर प्रहरीको धरपकडमा पटक–पटक परिसकेका छन् ।

Published : Friday, 2021 November 12, 1:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया