ओखलढुंगा कांग्रेसको सदस्यमा युवा नेता राईको उम्मेदवारी

ओखलढुंगा । युवा नेता हुकुम राईले नेपाली कांग्रेस ओखलढुंगाको जिल्ला कार्यसमितिका लागि सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

१४औँ अधिवेशनमा ओखलढुंगा कांग्रेसको जिल्ला सदस्यमा उम्मेदवारी घोषणा गरेको राईले बताए । उनले आफूलाई मतदान गर्न अनुरोध गरेका छन् ।

‘मेरो आत्माले भन्छ र सत्य पनि त्यही हो ओखलढुंगामा कांग्रेस चुनावमा पराजय हुनुमा लोकतान्त्रिक पद्धतिलाई मन नपरेर कम्युनिस्ट शासनलाई मन परेको हुँदै होइन’, उलने भनेका छन् ।

‘मलाई अझैसम्म विश्वस छ, ओखलढुंगामा लोकतन्त्र प्रेमीको संख्या बाहुल्य छ’, राईले भने, ‘त्यसैले कांग्रेसको जित सुनिश्चित छ ।’

उनले भने, ‘हरेक कांग्रेसले त्यो विभिन्न पात्रहरूबाट विभिन्न समयमा र परिस्थितिमा भएको हरेक गल्तीहरूलाई स्विकारेर, केलाएर सच्चाउन जरुरी छ ।’

‘सिएर हुन्छ कि टालेर हुन्छ जे जसरी हुन्छ त्यसरी नै मिलाएर कांग्रेस ओखलढुंगाको संगठन दुरुस्त पार्नुपर्ने छ’, उनले भने, ‘त्यो संगठनको एक सच्चा सिपाही भएर काम गर्ने ठूलो रहर छ ।’

‘त्यसैले १४औं महाधिवेशनमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्यको उम्मेदवारी घोषणा गरेको छु’, राईले भनेका छन् ।

‘तपाईहरूलाई लाग्दो हो । यो फुच्चे कसरी उम्मेदवार भयो । त्यसैले मैले भन्न आवश्यक ठाने’, उनले भने, ‘म १३औँ अधिवेशनदेखि बुथ प्रतिनिधि छु ।’

उनले भने, ‘२०७० को संविधान सभाको निर्वाचन र २०७४ को आमनिर्वाचनमा शुरुदेखि अन्तिमसम्म उम्मेदवार लागयत सम्पूर्ण प्रचार टिमसंगै प्रचार– प्रसरमा थिए ।’

‘संविधान सभा सदस्य रामहरि खतिवडाको स्वकीय सचिव भएर अहिलेसम्म पनि उहाँकै सचिवालय हेर्दैछु’, उनले भनेका छन् ।

‘मलाई पूरा आशा छ तपाईंहरूले आफ्नो अमूल्य मत दिएर त्यो मौका तपाईहरूले मलाई दिनु हुनेछ’, राईले भनेका छन् ।

Published : Friday, 2021 November 12, 11:30 am

फेसबुकबाट तपाईको प्रतिक्रिया