प्रहरीका ९५ जना डीएसपीहरूको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९५ जना नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरेको छ ।

कार्यकाल पूरा गरेका महानगरीय प्रहरी वृत्तका इन्चार्ज, इलाका प्रहरी कार्यालयका प्रमुख र जिल्लाहरूमा रहेका डीएसपीहरूको सरुवा भएको हो ।

मंसिर महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको सूचनामा उल्लेख छ ।

काठमाडौं महानगरीय प्रहरी वृत्त दरबारमार्गको प्रमुखमा विश्वराज खड्काको सरुवा भएको छ । खड्काको केही दिन अगाडि सरुवा भएको थियो ।

Published : Thursday, 2021 November 11, 1:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया