वीरगञ्जमा देखियो हिमानीको आकर्षण, प्रत्यक्ष भेटेपछि भक्तालुहरू मुख्ख

वीरगञ्ज । पूर्वयुवराज्ञी हिमानी शाहले परम्परानुसार छठ पूजा गरेकी छिन् ।

छठ पर्वअन्तर्गत बुधबार हिमानीले वीरगञ्जमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी हुन् । छठको पूजाका लागि हिमानीले आफ्नी जेठी छोरी पूर्णिकालाई पनि साथमा राखेकी थिइन् ।

छठ पूजाको सामग्रीसहित बुधबार साँझ घडिअर्वा पोखरीमा सजाइएको घाटमा गई पूजा गरेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिइन् । छठ पूजाको विशेष आकर्षण हुने गरेको छ ।

पूर्वयुवराज्ञी हिमानी छठ पूजाको अवसर पारेर वीरगञ्जको घडिअर्वा पोखरी आएकी हुन् ।

सो क्रममा हेलिकप्टरबाट पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानीको फोटो अंकित प्रचार सामग्री (स्टिकर) खसालिएको थियो ।

पूजा आराधना गरेपछि हिमानीले छठ ब्रतालुसित कुराकानीसमेत गरेकी थिइन् ।

पूर्वयुवराज्ञी हिमानी आएपछि राजावादीले स्वागत गर्दै ‘राजा आऊ देश बचाऊ, हाम्रो राजा प्राणभन्दा प्यारो छ’ जस्ता नारासमेत लगाएका थिए ।

घडिअर्वा पोखरीसहित वीरगञ्जका अन्य छठ घाटमा समेत ब्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।

बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पूजा विधिवत् रूपमा सम्पन्न भएको छ ।

Published : Thursday, 2021 November 11, 7:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया