काठमाडौं– ५ ‘क’को कांग्रेस सभापतिमा सापकोटाद्वारा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ५ का उप–सभापति एवम् प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘क’का सभापति भैरव सापकोटाले १४औँ महाधिवेशनमा प्रदेश सभाको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

कांग्रेसका युवा नेता समेत रहेका सापकोटाले काठमाडौं क्षेत्र नं. ५ ‘क’को सभापतिमा उम्मेदवारी दिने बताएका हुन् ।

‘कांग्रेसको संगठन निर्माण, जनताको आवश्यक्तालाई ध्यान दिएर १४औँ महाधिवेशनमा प्रदेश सभा ‘क’को सभापतिमा उम्मेदवारी दिनेछु’, उनले भने, ‘पार्टीका शीर्ष नेताहरू, आफ्नो क्षेत्रका नेता कार्यकर्ताहरूको परामर्शमा सभापतिमा उम्मेदवारी दिन लागेको छु ।’

सापकोटाले क्षेत्र नं. ५ मा आफूले उप–सभापति र प्रदेश निर्वाचन क्षेत्रमा सभापतिको जिम्मेवारी सम्हालिसकेको भन्दै प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’को सभापतिमा रहेर कांग्रेसको संगठन निर्माणमा काम गर्ने बताएका छन् ।

प्रदेश सभाको सभापति रहे पनि पूरा कार्यकाल काम गर्न नपाएको भन्दै उनले १४औँ महाधिवेशनबाट सभापति भएर पूरा अवधि काम गर्ने बताएका छन् ।

सापकोटाले १४औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिहरूलाई असल नेतृत्वलाई मतदान गर्न अपील पनि गरेका छन् । उनले असल नेता पार्टीको नेतृत्वमा पुग्यो भने मात्रै कांग्रेस बलियो हुने बताए ।

यसैबीच, उप–सभापति सापकोटाले दशैँ, तिहार, छठ पर्वका अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका छन् ।

Published : Wednesday, 2021 November 10, 5:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया