निर्देशक पाण्डे एमालेको प्रदेश कमिटी सदस्यमा मनोनीत

काठमाडौं । दैनिक नेपाल डटकमका सम्पादक एवम् प्रकाशक गणेश पाण्डे एमालेको गण्डकी प्रदेश कमिटीको सदस्यमा मनोनीत भएका छन् ।

प्रदेश कमिटीको बैठकले पाण्डेलाई मंगलबार सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो । पाण्डेले बुधबार पोखरामा पद तथा गोपनीयताको शपथ लिनेछन् ।

पाण्डे प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष र केन्द्रीय प्रचार विभागका सदस्य पनि हुन् ।

पाण्डेले निर्देशन गरेका डकुमेन्ट्रीहरूले थुप्रै अन्तर्राष्ट्रिय अवार्ड जितेका छन् । डकुमेन्ट्री निर्देशनमा पाण्डेको दखल छ ।

लम्जुङ जिल्ला निवासी पाण्डेले लामो समय काठमाडौंमा बसेर पत्रकारिता गरेका छन् ।

Published : Tuesday, 2021 November 9, 4:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया