सर्वोच्चको विवादबारे कांग्रेस नेता सिटौलाको अभिव्यक्तिले खैलाबैला
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले न्यायपालिकामा देखिएको विवाद समाधानका लागि आवश्यक परे कांग्रेस अघि सर्ने बताएका छन् ।
काठमाडौंको मनमैजुमा सोमबार कांग्रेसको तारकेश्वर नगर समितिले सोमबार आयोजना गरेको कार्यक्रममा सिटौलाले न्यायालयमा प्रवेश गरेको विवादले लोकतान्त्रिक व्यवस्थामाथि नै प्रहार गर्ने चिन्ता बढेको बताएका हुन् ।
उनले भनेका छन्, ‘न्यायपालिकाको कचिंगल र झगडाले लोकतान्त्रिक व्यवस्था र पद्धतिमाथि नै प्रहार गर्ने चिन्ता बढेको छ ।’
‘देशमा जुनसुकै समस्यामा समाधान दिने हामी नै हो, परिआए न्यायालयको समस्याको समाधानमा कांग्रेस अघि सर्छ’, कांग्रेस नेता सिटौलाले भनेका छन् ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको राजीनामा माग गरेर अधिवक्ता र न्यायाधीशहरूले आन्दोलन गरिरहेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया