नेपाललाई फेरि हिन्दू राष्ट्र बनाऔँ : कांग्रेस नेता शाह
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहले नेपाललाई फेरि हिन्दू राष्ट्र बनाउन माग गरेका छन् ।
कांग्रेसका युवा नेता शाहले सामाजिक सञ्जालमार्फत मुलुकलाई हिन्दू राष्ट्र बनाउनुपर्ने बताएका हुन् । उनले नेपाललाई हिन्दू राष्ट्र बनाउन प्रस्ताव गरेपछि तरंग आएको छ ।
‘नेपाली कांग्रेसले देशलाई फेरि हिन्दू राष्ट्र बनाए मात्र कम्युनिस्टहरूलाई कडा जवाब दिन सकिन्छ’, नेता शाहले भने, ‘कम्युनिस्ट आफै विलुप्त हुँदै जान्छन् ।’
कम्युनिस्ट र पश्चिमा क्रिश्चियन राष्ट्रहरूको दवावमा नेपाललाई हिन्दू राष्ट्रबाट हटाएर धर्मनिरपेक्ष बनाइएको थियो ।
विदेशी र क्रिश्चियनहरूकै उक्साहटमा कम्युनिस्टले नेपाललाई धर्मनिरपेक्ष बनाएको आरोप छ । कांग्रेसमा बहुमत नेताहरूले आगामी १४औँ महाधिवेशनमा हिन्दू राष्ट्रको मुद्धालाई उठाउने तयारी गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया