कांग्रेस नेता बानियाँले दिए मुख्यमन्त्री र मन्त्रीहरूलाई शुभकामना, एमालेले संस्कार सिक्न सकेन

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसहितका मन्त्रीहरूलाई शुभकामना दिएका छन् ।

बिहीबार ट्वीट गरेर कांग्रेस नेता बानियाँले मुख्यमन्त्री पाण्डेलाई कार्यकाल सफलताको शुभकामना दिएका हुन् ।

‘बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्रप्रसाद पाण्डे, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेल र आन्तरिक मामिला तथा कानूनमन्त्रीमा कृष्णप्रसाद खनाल नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना’, नेता बानियाँले भनेका छन् ।

एमालेकी नेतृ अष्टलक्ष्म शाक्य अल्पमतमा परेर पदबाट राजीनामा दिएपछि कांग्रेस, माओवादी केन्द्रसहितका दलहरूको समर्थनमा नेकपा (एकीकृत समाजवादी)का नेता पाण्डे बिहीबार मुख्यमन्त्री बनेका हुन् ।

पाण्डेलाई मुख्यमन्त्री बनाउन कांग्रेस नेता बानियाँको ठूलो योगदान र सहयोग रहेको छ । आलोपालो प्रणालीअनुसार छ महिनापछि कांग्रेस नेता बानियाँ मुख्यमन्त्री बन्नेछन् । बानियाँकै नेतृत्वमा चुनाव हुनेछ ।

शपथ कार्यक्रममा एमालेका सांसद र नेताहरू देखिएका थिएनन् । मुख्यमन्त्री पद फुत्किएपछि तनाबमा परेको एमालेका नेताहरू नदेखिएका हुन् ।

Published : Thursday, 2021 October 28, 11:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया