एमालेको अधिवेशन चलिरहेका बेला सिन्धुपाल्चोकमा जिल्ला नेता नै कांग्रेसमा प्रवेश

काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा एमालेका लोकप्रिय युवा नेता एवम् जिल्ला कमिटी सदस्य दीपेश केसी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

एमाले पार्टी परित्याग गरेर केसी दलबलसहित कांग्रेसमा प्रवेश गरेका हुन् । केसीलाई कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले काठमाडौंमा पार्टी प्रवेश गराएका हुन् ।

कांग्रेसमा प्रवेश गरेका केसी सुनकोशी गाउँपालिकाका जुझारू युवा नेता हुन् । एमालेको गाउँपालिकाको अधिवेश चलिरहेका बेला केसीसहितका नेताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस नेता बस्नेतले सिन्धुपाल्चोकमा एमाले र माओवादी केन्द्रभित्र खैलाबैला मच्चाइदिएका छन् । यसअघि पनि नेता बस्नेतले कम्युनिस्टका हजारौँ नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराइसकेका छन् ।

नेता बस्नेतले प्राकृतिक विपत्, कोरोना महामारी लगायतमा जनताको सेवामा आफै खटिएर राहत वितरण, उद्धारलगायतका सेवा गर्दै आएका छन् ।

बस्नेतले विकासका कार्यदेखि विद्यार्थीलाई काठमाडौंमा ल्याएर निःशुल्क पठन पाठन र रोजगारीको व्यवस्था समेत गर्ने गरेका कारण कम्युनिस्टलाई समेत आशापलाएर कांग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरूले बताउने गरेका छन् ।

Published : Thursday, 2021 October 28, 9:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया