कांग्रेसका सह–महामन्त्री थापा शोकमा, अकस्मात विराटनगर पुगे

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री सुनिलबहादुर थापालाई शोक परेको छ ।

पूर्वमन्त्री समेत रहेका थापाकी १०५ वर्षीया जेठी आमाको बिहीबार निधन भएको उनको निजी सचिवालयले जनाएको छ । जेठी आमाको बिराटनगरमा निधन भएको हो ।

‘हाम्रो १०५ वर्षीय जेठी आमा विराटनगरमा निधन भएको दुखद् समाचारले हामी मर्माहित भएका छौं’, थापाले भनेका छन् ।

‘यस दखद् घडीमा दाई, भाउजूहरू, भाई बुहारीहरू र समस्त शोक सन्तप्त परिवारमा हार्दिक समवेदना ब्यक्त गर्दछौं’, थापाले भनेका छन्, ‘पूज्य जेठी आमाको आत्माको चीर शान्तिको कामना गर्दछौं ।’

जेठी आमाको निधन भएको जानकारी पाउनेवित्तिकै कांग्रेसका सह–महामन्त्री थापा बिहीबार साँझ करीव ६ बजेको बुद्ध एयरको उडानबाट विराटनगर पुगेका छन् ।

Published : Thursday, 2021 October 28, 7:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया