ढल्यो ओलीको अर्को सरकार, हेटौँडामा भव्य खुसीयाली

हेटौँडा । एमालेकी नेतृ एवम् बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादीका) नेता राजेन्द्र पाण्डेले दाबी पेश गरेका छन् ।

पाण्डेले नेपाली कांग्रेससहितका दलहरूको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेश गरेका हुन् । शाक्यले मंगलबार राजीनामा दिएपछि तत्कालै पाण्डेले मुख्यमन्त्रीमा दाबी दिएका छन् ।

पाण्डेलाई माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका १ गरी ५९ सांसदको समर्थन छ । १०९ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५५ मत आवश्यक पर्छ ।

गठबन्धनमा रहेका माओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, एकीकृत समाजवादीसँग १३ र जसपाका एक सांसद छन् ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग ४३ सांसद छन् । विवेकशील साझाका तीन, नेमकिपा र राप्रपाका २/२ सदस्य रहेका छन् ।

एमालेकी नेतृ शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएर राजनीतिक संस्कार देखाएकी छिन् । उनी अविश्वासको प्रस्ताव सामना गर्न डराएर राजीनामा दिएर टापकसेकी छिन् ।

एमालेको सरकार अब प्रदेश १ मा मात्रै कायम छ । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको अहँकार र घमण्डले गर्दा एमाले सबैतिरबाट सत्ताच्युत भएको छ ।

प्रदेश १ मा पनि अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । केही दिनभित्र प्रदेश १ मा एमालेको सरकार ढल्नेछ ।

Published : Thursday, 2021 October 28, 12:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया