तरुण दलले यसरी मनायो ६८औँ स्थापना दिवस (तस्बिर)

काठमाडौं । नेपाल तरुण दलले आफ्नो ६८औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरेर देशभरि मनाएको छ ।

स्थापना दिवसका अवसरमा तरुण दलले प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रम गरेर पूर्वअध्यक्षहरूलाई सम्मान गरेको छ ।

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वअध्यक्षहरूलाई सम्मान गरेको तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले जानकारी दिए ।

सभापति देउवाले तरुणहरूलाई शुभकामना दिँदै आफ्नो दायित्वलाई स्मरण गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा तरुण दलका अध्यक्ष जितजंग बस्नेतले तरुण दलको महत्व रहेको भन्दै तरुणहरूको काँधमा अझै ठूलो दायित्व आएको समेत बताएका छन् ।

तरुण दलका कोषाध्यक्ष विद्वान गुरुङले आगामी निर्वाचनमा तरुणहरूमार्फत कांग्रेसलाई विजयी बनाउने अभियानमा लाग्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा सभापति एवम् प्रधानमन्त्री देउवाले गृहमन्त्री समेत रहेका तरुण दलका पूर्वअध्यक्ष बालकृष्ण खाण, खानेपानी मन्त्री उमाकान्त चौधरी, पूर्वअध्यक्ष महेन्द्र यादव, उदयशम्शेर राणा, विनोद कायस्थ लगायतलाई सम्मान गरेको उपाध्यक्ष चापागाइँले जानकारी दिए ।

यसैबीच तरुण दल काठमाडौं जिल्ला कार्यसमितिले रत्नपार्कस्थित शान्ति बाटिकामा दीप प्रज्वलन गरेको छ । दीप प्रज्वलन गर्न गृहमन्त्री बालकृष्ण खाण पनि पुगेका थिए ।

तरुण दल भक्तपुरले पनि दीप प्रज्वलन गरेर स्थापना दिवस मनाएको छ । भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले तरुणहरूलाई संगठन विस्तारमा अझै सक्रिय भएर लाग्न निर्देशन दिएको तरुण अध्यक्ष राजु थापाले जानकारी दिए ।

तरुण दल बर्दिया, कैलाली, भोजपुर, पर्सा, दाङ, मकवानपुरलगायतले पनि विशेष कार्यक्रम गरेर स्थापना दिवस मनाएका छन् ।

Published : Thursday, 2021 October 28, 12:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया