एमालेको अधिवेशन चलिरहेकै बेला सुर्खेतमा लोकप्रिय नेताहरू कांग्रेसमा प्रवेश

वीरेन्द्रनगर । सुर्खेत जिल्लामा एमालेको भ्रातृ संगठन युवा संघ नेपालका लोकप्रिय नेता गोकुल रानासहित एक सयभन्दा धेरै नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मंगलबार वीरेन्द्रनगरमा आयोजित पार्टी कार्यक्रममा कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले एमालेका नेता कार्यकर्ताहरूलाई प्रवेश गराएका हुन् । नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्ठको पहलमा एमाले र राप्रपाका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेसमा प्रवेश गरेका युवा संघका नेता गोकुल राना स्थानीयस्तरमा लोकप्रिय मानिन्छन् ।

राप्रपाका नेता शीतल नेपाली पनि सुर्खेतमा लोकप्रिय मानिन्छन् ।

सुर्खेतको क्षेत्र नं. १ भेरीगंगा नगरपालिका–१० मा एमालेको वडा अधिवेशन भैरहेका बेला एमालेका लोकप्रिय नेता कार्यकर्ताहरूले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।

Published : Tuesday, 2021 October 26, 5:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया