नेपाल एयरलाइन्सको अध्यक्षमा अधिकारी नियुक्त

काठमाडौं । सरकारले नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद् बैठकले अधिकारीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

अधिकारीले निगमबाटै केही वर्षअघि निर्देशक पदबाट अवकाश पाएका थिए । उनी उमेर हदका कारण सेवा निवृत्त भएका थिए ।

अधिकारीलाई कार्यकारी अधिकारसहितको अध्यक्ष बनाइएको छ ।

Published : Tuesday, 2021 October 26, 9:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया