सत्ता फुत्तकिएसँगै एमालेलाई व्यापारी अग्रवालले पनि लखेटे

काठमाडौं । एमालेको पार्टी केन्द्रीय कार्यालय काठमाडौंको थापाथलीबाट ललितपुरको च्यासलमा सार्ने तयारी भएको छ ।

व्यापारी सञ्जय अग्रवालले एमालेलाई पार्टी कार्यालय राख्न आफ्नो घर दिएका थिए । अग्रवालले पार्टी कार्यालय सार्न भनेपछि एमालेको पार्टी कार्यालय सार्न लागिएको स्रोतले जनाएको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले थापाथलीमा ठाउँ सानो भएकाले केन्द्रीय कार्यालय सार्न लागिएको बताएका छन् ।

एमालेलाई तुल्सीलाल स्मृति प्रतिष्ठानले कार्यालयमा राखेर कार्यसम्पादन हुनेछ ।

एमाले महासचिव पोखरेलका अनुसार अब एमालेले केन्द्रीय कार्यालको सबै काम च्यासलबाट गर्नेछ ।

महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्, ‘नेकपा (एमाले) र तुलसीलाल स्मृति प्रतिष्ठानबीच महत्वपूर्ण समझदारी । अब केही समय पछिदेखि नेकपा (एमाले)ले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने सम्पूर्ण काम यहीँबाट हुनेछन् ।’

Published : Monday, 2021 October 25, 11:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया