देउवाले बाढी र पहिरोपीडितका कुरा सुने, सहयोग गर्ने आश्वासन

इलाम । प्रधानमन्त्री शेरबहादुर देउवाले बेमौसमी झरीका कारण प्रभावित बनेकाहरूलाई राहतको व्यवस्था गर्ने बताएका छन् ।

आइतबार इलाम र पाँचथरका पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि राकेमा बाढी र पहिरोपीडितलाई सम्बोधन गर्दै देउवाले पूर्वी पहाडका बाढीपीडितलाई अस्थायी र स्थायी गरी दुई चरणमा दिगो व्यवस्थापन गरिने बताएका छन् ।

तत्काल अस्थायी रुपमा पीडितलाई राहत व्यवस्थापन गर्ने आश्वासन उनले दिएका छन् ।

देउवाले तत्काललाई अस्थायी भए पनि दीर्घकालमा अप्ठ्यारो भूगोलमा रहेकालाई सहज ठाउँमा स्थानान्तरण गरिने बताएका छन् ।

Published : Sunday, 2021 October 24, 11:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया