गगनको धमाका अभिव्यक्तिले कम्युनिस्टहरूको ओठमुख सुक्यो

धादिङ । नेपाली कांग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा कुनै दलसँग चुनावी गठबन्धन नहुने जनाएका छन् ।

धादिङमा आइतबार आयोजित कार्यक्रममा नेता थापाले गत निर्वाचनमा माओवादी केन्द्रसँग तालमेल गर्दा कांग्रेसले क्षति बेहोरेको स्मरण गरे ।

थापाले चुनावी गठबन्धन बनाउने पार्टीको चरित्र नभएको बताएका छन् । उनले भनेका छन्, ‘एक्लै चुनाव लड्छौं र आफ्नो तागतले लड्छौं ।’

‘हामीले चुनाव नजितेको स्थानमा जित्ने सुर्वण अवसर आएको छ’, कांग्रेस नेता थापाले भनेका छन् ।

उनले स्थानीय कार्यसमितिले नै तल्लो तहमा गठबन्धन बनाउने सहमति गरिएमा त्यसलाई मान्यता प्राप्त हुन सक्ने बताएका छन् ।

कुनै नेताले गठबन्धन हुन्छ भन्ने अभिव्यक्ति दिए त्यसमा विश्वास नगर्न थापाले उल्लेख गरेका छन् ।

एमाले विभाजित भएकाले त्यस दलभित्र रहेर अलमल परेका कार्यकर्ता तान्न समेत उनले निर्देशन दिएका छन् ।

वर्षौं एउटा पार्टीमा रहेका कार्यकर्ता पार्टी विभाजन हुँदा अल्मलिएको उल्लेख गर्दै थापाले उनीहरुलाई कांग्रेसमा भित्र्याउन पहल गर्न आग्रह गरेका छन् ।

उनले वैशाखमा स्थानीय निर्वाचन हुने हुँदा त्यस केन्द्रित भएर कार्यतालिका बनाउन तथा साना–साना कुरामा ध्यान पु¥याउन आग्रह गरेका छन् ।

अर्ली इलेक्सनको सम्भावना नरहेको उनले बताएका छन् । संसद् पुनःस्थापना हुँदाको फैसलाको आधारमा पाँच वर्षअघि संसद् विघटनको सम्भावना नरहेको थापाको भनाइ छ ।

Published : Sunday, 2021 October 24, 10:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया