पीडितको आँशु पुच्छन घर–घरमा आइपुगे कांग्रेस नेता लेखक
दोधारा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकले कञ्चनपुरका बाढीपीडितहरूसँग भेटघाट गरेर उद्धार र राहतका लागि पहल गर्ने आश्वासन दिएका छन् ।
कांग्रेस नेता लेखकले पीडितका गुनासाहरू समेत सुनेका छन् । उनले आफूले सक्ने सहयोग गर्ने उल्लेख गरेको सहयोगी जनक भट्टले जानकारी दिए ।
नेता लेखकले आइतबार दोधारा चाँदनीको वडा नम्बर ८, ९ र १० का बाढीपीडितहरूसँग भेटघाट र छलफल गरेका थिए ।
उनले बाढीपीडितलाई तत्काल राहतका लागि सरकार र विभिन्न संघ संस्थाहरूसँग पहल गर्ने जनाएका छन् ।
दीर्घकालीन रुपमा महाकाली नदीमा बाँध निर्माण भएको ठाउँमा बाँधको उचाइँ बढाउने र कुतियाकभरमा बाँध निर्माणका लागि पहल गर्ने नेता लेखकले प्रतिबद्धता जनाएका छन् ।
कांग्रेस नेता लेखकसँग बाढी र डुबानपीडितहरूले करोडौंको धानबाली नष्ट भएको, सयौं जना घरबारबिहीन भएको, राहत, पुनस्र्थापना तथा दीर्घकालीन रुपमा बस्ती जोगाउन पहल गरिदिन आग्रह गरेका छन् ।
नेता लेखकले आफू सधैं यस क्षेत्रको विकासको लागि तत्पर रहेको भन्दै बाढीपीडितका समस्या समाधानका लागि कुनै कसुर बाँकी नराख्ने बताएका छन् ।
दोधरा चाँदनी नगरपालिकाका करीब ३ सय घरपरिवार सरकारी स्कुलमा बसिराखेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा समेतको टोलीले कात्तिक ४ गते बाढीपीडित क्षेत्रको अवलोकन गरेका थिए ।
कञ्चनपुर जिल्लाको दोधारा–चाँदनी र भीमदत्त नगरपालिकाका विभिन्न ठाउँमा ठूलो जनधनको क्षति पुर्याएको थियो ।



बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया