पीडितको आँशु पुच्छन घर–घरमा आइपुगे कांग्रेस नेता लेखक

दोधारा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकले कञ्चनपुरका बाढीपीडितहरूसँग भेटघाट गरेर उद्धार र राहतका लागि पहल गर्ने आश्वासन दिएका छन् ।

कांग्रेस नेता लेखकले पीडितका गुनासाहरू समेत सुनेका छन् । उनले आफूले सक्ने सहयोग गर्ने उल्लेख गरेको सहयोगी जनक भट्टले जानकारी दिए ।

नेता लेखकले आइतबार दोधारा चाँदनीको वडा नम्बर ८, ९ र १० का बाढीपीडितहरूसँग भेटघाट र छलफल गरेका थिए ।

उनले बाढीपीडितलाई तत्काल राहतका लागि सरकार र विभिन्न संघ संस्थाहरूसँग पहल गर्ने जनाएका छन् ।

दीर्घकालीन रुपमा महाकाली नदीमा बाँध निर्माण भएको ठाउँमा बाँधको उचाइँ बढाउने र कुतियाकभरमा बाँध निर्माणका लागि पहल गर्ने नेता लेखकले प्रतिबद्धता जनाएका छन् ।

कांग्रेस नेता लेखकसँग बाढी र डुबानपीडितहरूले करोडौंको धानबाली नष्ट भएको, सयौं जना घरबारबिहीन भएको, राहत, पुनस्र्थापना तथा दीर्घकालीन रुपमा बस्ती जोगाउन पहल गरिदिन आग्रह गरेका छन् ।

नेता लेखकले आफू सधैं यस क्षेत्रको विकासको लागि तत्पर रहेको भन्दै बाढीपीडितका समस्या समाधानका लागि कुनै कसुर बाँकी नराख्ने बताएका छन् ।

दोधरा चाँदनी नगरपालिकाका करीब ३ सय घरपरिवार सरकारी स्कुलमा बसिराखेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा समेतको टोलीले कात्तिक ४ गते बाढीपीडित क्षेत्रको अवलोकन गरेका थिए ।

कञ्चनपुर जिल्लाको दोधारा–चाँदनी र भीमदत्त नगरपालिकाका विभिन्न ठाउँमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो ।

Published : Sunday, 2021 October 24, 10:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया