भक्तपुर बस्ने सिंह कमलपोखरीबाट पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ४५ वर्षीय रामनाथ सिंहलाई पक्राउ गरेको छ ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने महोत्तरी भगाहा गाउँपालिका–३ स्थायी ठेगाना भएका सिंहलाई बुधबार पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
उच्च अदालत पाटनको २०७७ माघ २० गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र ११ लाख रूपियाँ जरिवाना भएपछि सिंह फरार रहेका थिए ।
फरार रहेका सिंहलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं कमलपोखरीबाट पक्राउ गरेको थियो ।
सिंहले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी पीडितलाई झुक्यानमा पारी प्रभु बैंक लिमिटेड, शाखा कार्यालय भक्तपुरको चेक काटी दिएकोमा बैंकिङ कसूरजन्य अपराध ठहर भई उच्च अदालत पाटनबाट उक्त फैसला भएको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया