संविधान र जनताको जीवन रक्षामा केन्द्रित छौँ : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले वर्तमान सरकारको सय दिन संविधानको रक्षा र जनताको जीवनको रक्षा गर्नमा केन्द्रित रहेको जनाएका छन् ।

बुधबार सिंहदरबारमा सम्वाददाताहरूसँग कुरा गर्दै खाणले विगतको सरकारले राज्य कब्जाको शैली अपनाएको बताए ।

तत्कालीन सरकार संविधानको प्रतिकूलतामा उभिएको बताएका गृहमन्त्री खाणले वर्तमान सरकारले सय दिनमा संविधानको रक्षा र जनताको जीवनरक्षामा केन्द्रित भएको बताएका छन् ।

उनले सरकार देशलाई एकदलीय कब्जाबाट मुक्त गराएर संघीय लोकतान्त्रिक गणतन्त्रमा फर्काएर ल्याउने र जनादेशलाई अगाडि बढाउने क्रममा रहेको बताएका छन् ।

‘संविधानको रक्षा गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने र राज्यलाई एकदलीय कब्जाबाट मुक्त गराएर पुनः संघीय लोकतान्त्रिक गणतन्त्रमा फर्काएर ल्याउने अनि जनताको जनादेशलाई अगाडि बढाउने क्रममा सरकार अगाडि बढेको छ’, खाणले भनेका छन् ।

गृहमन्त्री खाणले डुबानका कारण किसानको धानबालीमा क्षति भएको तथ्यांक संकलन गरेर उनीहरूलाई राहत र सहयोग रकम उपलब्ध गराउने बताएका छन् ।

उनले सरकारले बाढीपहिरोबाट पीडित भएकाहरूको उद्धार र राहत दिने बताएका छन् ।

Published : Wednesday, 2021 October 20, 11:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया