दाउन्नेमा बस दुर्घटना, १५ जना घाइते

दाउन्ने । नवलपुर जिल्लाको दाउन्नेको जंगलमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

बर्दघाट नगरपालिका–४ दाउन्ने जंगल बाँसखोलास्थित सडकमा लु.१ ख ७९८५ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएर बुधबार बिहान दुर्घटना हुँदा बसमा सवार १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको बस दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल बर्दघाट पठाएको छ ।

घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको सामान्य रहेको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Wednesday, 2021 October 20, 10:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया