संघद्वारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मास्क हस्तान्तरण

घोराही । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङलाई अमेरिकामा बनेको ‘मकाना’ ब्राण्डको मास्क हस्तान्तरण गरिएको छ ।

घोराहीस्थित प्रतिष्ठानको मुख्यालयमा आइतबार आयोजित विशेष कार्यक्रममा संघका सल्लाहकार एवम् वरिष्ठ व्यवसायी किरण किशोर घिमिरे र नेपाल लोकतान्त्रिक वैदेशक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष प्रज्ञान न्यौपानेले मास्क हस्तान्तरण गरेका हुन् ।

प्रतिष्ठानका रेक्टर डा.बसन्त लामाछिानेलाई घिमिरे र न्यौपानेले १ सय थान उच्चगुणस्तरीय मास्क हस्तान्तरण गरेको न्यौपानेले बताए ।

मास्क हस्तान्तरणका क्रममा वरिष्ठ व्यवसायी घिमिरेले प्रतिष्ठानलाई व्यवसायीहरूका तर्फबाट संघको पहलमा थोरै भए पनि मास्क उपलब्ध गराइएको बताए । उनले भने, ‘यो मास्क राम्रो गुणस्तरको छ । यसबाट कोभिड–१९ का बिरामीको उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीलाई सहयोग हुन्छ भनेर उपलब्ध गराएका हौँ ।’

फोरमका पूर्वअध्यक्ष न्यौपानेले वैदेशिक रोजगार व्यवसायीहरूको पहलमा आफूहरूले मास्क ल्याएर प्रतिष्ठानलाई हस्तान्तरण गरिएको बताए ।

अमेरिकाबाट आएको मास्कलाई यसअघि संघका महासचिव सुजितकुमार श्रेष्ठसहितका व्यवसायीले तत्कालीन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई उपलब्ध गराएका थिए ।

Published : Sunday, 2021 October 17, 12:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया