दशैँसहितका पर्वले सामाजिक सद्भाव ल्याउँछ : कांग्रेस केन्द्रीय सदस्य बुढा

दुनै । नेपाली कांग्रेस डोल्पाले दुनैमा दशैँ, तिहार लगायतका चाढपर्वका अवसरमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य कर्णबहादुर बुढाले दशैँसहितका पर्वहरू धार्मिक परम्परानुसार मनाउन अनुरोध गरेका छन् । उनले दशैँका अवसरमा उनले शुभकामना समेत दिए ।

सबै जातजातीका चाढपर्वले समाजिक सदभाव र एकताको सन्देश दिने भन्दै हिन्दूहरूको ठूलो चाढ दशैँलाई पनि परिवारमा मेलमिलापका साथ स्वास्थ्य मापदण्ड अपनाएर मनाउन अनुरोध गरे उनले कोरोना महामारीका बेला सर्तकता अपनाउन आग्रह गरेका छन् ।

डोल्पामा निकट दिनमै हुने वडा, नगर तथा गाउँपालिका र जिल्ला अधिवेशनबाट एकताको सन्देश दिने उनले बताएका छन् । निर्विवादरुपले अधिवेशनमा लाग्न केन्द्रीय सदस्य बुढाले आग्रह गरेका छन् ।

नेपाली कांग्रेस डोल्पाका उप–सभापति नवराज शाहीको सभापतित्वमा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेस डोल्पाका पूर्वसांसद दुधकुमारी हमाल, महासमिति सदस्य गौरीशंकर उपाध्याय, ठूलीभेरी नगरपालिकाका उप–मेयर योगेन्द्रबहादुर शाही, सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपाली, प्रहरी नायव उपरीक्षक राजु पाण्डेलगायत विभिन्न राजनीतिक दलका जिल्लास्तरका नेता तथा नेपाली कांग्रेसका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Published : Monday, 2021 October 11, 7:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया