यी हुन् कांग्रेसका ‘दानवीर’ सभापति, विस्तार गरे कार्यसमिति

मन्थली । नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले जिल्ला कार्यसमिति विस्तार गरेका छन् ।

लोकप्रिय मतसहित सभापतिमा निर्वाचित तामाङले ३९ सदस्यीय कार्यसमिति चयन गरेका हुन् ।

सभापति तामाङसहितको सात सदस्यीय पदाधिकारी र ३२ सदस्यीय कार्यसमितिका सदस्यहरू निर्वाचित भएका थिए ।

उप–सभापतिद्वयमा नवराज थोकर र लेखबहादुर कार्की निर्वाचित भएका छन् । सचिवद्वयमा विनोद कार्की र दीपक खड्का, सह–सचिवद्वयमा कमल योञ्जन र धुब्रप्रसाद चौलागाइँ रहेका छन् ।

सदस्यहरूमा सुमन्तकुमार कार्की, दिनेशकुमार खड्का र मन्दिरा घिमिरे, गुञ्जबहादुर कार्की, ढाकलबहादुर थापा र विमला कार्की, लबबहादुर थापा मगर, अञ्जु रजान, विकेश तामाङ लामा चयन भएका छन् ।

सम्झना घिसिङ, कमलप्रकाश सुनुवार, सुशीला बुढाथोकी, कमल कार्की, गोमा कार्की, सीताराम कार्की, कल्पना खड्का कार्की, शिवबहादुर बस्नेत, रीतादेवी खड्का, सावित्रा केसी, सरस्वती घिमिरे, हिमाल ढुंगेल, नवराज घिमिरे सदस्यमा चयन भएका छन् ।

दोर्जे लामा, हस्तबहादुर मोक्तान, केशरबहादुर मगर, घननारायण श्रेष्ठ ‘घनश्याम’, सुनिता मोक्तान, यशदो श्रेष्ठ, डोमा शेर्पा, सञ्जीव विक, होमबहादुर माझी, राम विलास महतो चयन भएका छन् ।

रामेछापबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा २५ जना निर्वाचित भएका थिए ।

सभापतिमा चयन भएका तामाङ ‘दानवीर’ नेताका रुपमा चिनिन्छन् । तामाङले रामेछापमा एम्बुलेन्स, शव बहानहरू निःशुल्क वितरण गरेका छन् ।

जिल्लाबासीलाई समस्या पर्दा पहिलो पंक्तिमा उभिएर सहयोग गर्दै आएका छन् । तामाङ सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

Published : Saturday, 2021 October 9, 2:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया