गृहमन्त्री खाणद्वारा चामेका बाढीपीडितसँग भेट, क्षति भएको संरचना बनाइदिने

चामे । गृहमन्त्री बालकृष्ण खाणले विपतमा परेका जनताको दुःख र पीडा समाधान गर्न पक्षमा नेपाली कांग्रेस नेतृत्वको सरकार रहेको बताएका छन् ।

मनाङ जिल्लाका बाढीपहिरो पीडितहरूसँग बिहीबार चामेमा भएको भेटवार्ता र कार्यक्रममा गृहमन्त्री खाणले समस्यामा परेका जनतालाई सरकारले विशेष प्राथमिकताका साथ सहयोग गर्ने बताए ।

उनले मनाङ जिल्लामा प्राकृतिक विपत्तिबाट भएको नोक्सानीप्रति सरकार जानकार रहेको बताए । गृहमन्त्री खाणले मनाङलाई बाढीपहिरो संकटग्रस्त जिल्लामा राखेर क्षति भएका बाटो, पुल, बिजुली र भौतिक संरचना बनाउन सरकारले विशेष पहल गर्ने आश्वासन दिएको कांग्रेसका नेता एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङले जानकारी दिए ।

कांग्रेस नेता गुरुङको पहलमा गृहमन्त्री खाणले मनाङको बाढीपहिरो पीडितहरूसँग भेट गरेर समस्या समाधानप्रति आश्वासन दिएका छन् ।

यसअघि नेता गुरुङले आफ्नै पहलमा पीडितहरूलाई राहत वितरणदेखि मन्त्री र सरकारी निकायका व्यक्तिहरूलाई ल्याएर मनाङमा भएको क्षतिका विषयमा जानकारी गराइसकेका छन् ।

गृहमन्त्रीसँग माओवादी नेतृ यशोदा सुवेदी पनि चामे गएकी थिइन् ।

Published : Friday, 2021 October 8, 12:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया