मेटमणिको नाम काटियो, यी हुन नेकपा एसका चार मन्त्री

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले चार जना मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ ।

स्रोतका अनुसार बिहीबार राति नेकपा एसले बिरोध खतिवडालाई शहरी विकास मन्त्री, रामकुमारी झाँक्रीलाई स्वास्थ्य तथा जनसंख्या, प्रेम आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र कृष्णकुमार श्रेष्ठ ‘किसान’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा पठाउने निर्णय गरेको हो ।

मन्त्रीको सूचीबाट मेटमणि चौधरीको नाम अन्तिम समयमा आएर काटिएको छ । चौधरीलाई पर्यटन मन्त्रालय दिने चर्चा थियो ।

चौधरीले माधव नेपाललाई सबैभन्दा धेरै सहयोग गरेका थिए । चौधरीकै नाम काटिएपछि नेकपा एसभित्र खैलाबैला भएको छ ।

Published : Thursday, 2021 October 7, 11:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया