कांग्रेसका युवा नेता एवम् सचिव महर्जनलाई त्रिपुरेश्वरमा भव्य स्वागत

काठमाडौं । नेपाली कांग्रेसको खेलकुद विभागका सचिव समेत रहेका मीनकृष्ण महर्जनलाई उसुका प्रशिक्षक र खेलाडीहरूले भव्य स्वागत गरेर सम्मान गरेका छन् ।

बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित रंगशालामा आयोजित प्रथम खुल्ला उसु प्रतियोगितामा प्रमुख अतिथि रहेका महर्जनलाई स्वागत र सम्मान गरिएको हो । उनले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

महर्जनले खेलकुद, प्रशिक्षक र खेलाडीको विकासका लागि आफूले सरकारसँग सक्दो सहयोगका लागि पहल गर्ने बताउँदै आएका छन् ।

राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष महर्जन करातेका पूर्वअन्तर्राष्ट्रिय गोल्डमेडलिस्ट हुन् । उनी अन्तर्राष्ट्रिय प्रशिक्षक पनि हुन् । समाज सेवा र खेलकुद भनेपछि महर्जनले हुरुक्कै हुन्छन् ।

खेलकुद, प्रशिक्षक र खेलाडीको उन्नतिमा सहयोग गर्दै आएका महर्जनले साथीभाईको सहयोगमा राष्ट्रियस्तरको प्रतियोगिता गर्दै आएका छन् ।

खेलकुटका साथै कांग्रेसको राजनीतिमा सक्रिय रहेका महर्जन ललितपुरमा प्रदेश सभा निर्वाचनमा बागमती प्रदेशको सांसद पदमा उम्मेदवार बनेका थिए ।

Published : Thursday, 2021 October 7, 10:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया